१५ कार्तिक २०८३, आइतबार

बानेश्वरमा ओमकार ग्रुपको जीवन पद्धती अभ्यास शिविर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, फागुन १६ गते । मानव जीवनमा दैनिक काम र नियमितताका लागि सहज वातावरण बनाई राख्न गरिने जीवन पद्धती अभ्यासको शिविर सञ्चालन गरिएको छ ।

ओमकार ग्रुपको आयोजनामा नया बानेश्वरस्थित कार्यालयमा आयोजित सो शिविरमा आर्ट अफ लिभिङ्गका स्वयम् सेवक एवम् प्रशिक्षक रमा रायमाझीले सकारात्मक सोचको चिन्तनमा स्वस्थ्यकर रही तनाबमुक्त वातावरणमा नियमित काम गर्न जीवन पद्धती अभ्यासले मात्र सम्भव हुने बताउनुभयो ।ओमकार ग्रुपका प्रबन्ध निर्देशक शनिश मिश्रले प्रत्येक नागरिकका लागि जीवन पद्धती अभ्यासको जरुरत देखिएकाले सही सोच र उच्च विचारलाई जागरुक बनाउन जीवन पद्धती अभ्यासको शिविर सार्थक रहने विश्वास व्यक्त गर्नुभयो । शिविरमा करिब एक दर्जन कम्पनी तथा संस्थाको छाता व्यावसायिक प्रतिष्ठान बनाएको ओमकार ग्रुपका कर्मचारी तथा व्यवस्थापन पक्षका गरी ५० जनाको सकृय सहभागिता रहेको छ ।

सो अवसरमा जीवन पद्धती अभ्यासको शिविर सञ्चालन गदै आएको बाल संस्कार केन्द्रका लागि ओमकार ग्रुपको तर्फबाट नगद १ लाख दुई हजार रुपैयाको चेक प्रबन्ध निर्देशक मिश्रले आर्ट अफ लिभिङ्गका स्वयम् सेवक रमा रायमाझीलाई हस्तान्तरण गर्नुभयो । हाल नेपालमा काठमाडौं, पोखरा, बिराटनगर, चितवन,बिरगञ्ज,दाङ्ग र कन्चनपुरमा बाल संस्कार केन्द्रमार्फत जीवन पद्धती अभ्यासका कक्षा सन्चालन हुदै आएका छन् ।

अभियन्ता रबिशंकरको संस्थापकत्वमा सन् १९९८मा भारतको बैङ्गलोरमा स्थापित आर्ट अफ लिभिङ्ग बिश्वका १ सय पचपन्न देशमा फैलिएको छ भने नेपालमा पैतिस हजारभन्दा बढी अनुयायीहरु रहेका छन् ।