१५ कार्तिक २०८३, आइतबार

संघीय गठन्धनको अर्को आन्दोलन घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra yadav

काठमाडौं, १६ फागुन । सरकार बाहिर रहेको संघीय गठबन्धनले आज दोस्रो आन्दोलन जस्तै गरेर आफ्नो संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ ।

संघीय गठबन्धनको सचिवालयको आज काठमाडौंमा बसेको बैठकले आफ्ना मागहरुलाई पूरा गराउन दबाब दिनका लागि आन्दोलनलाई दोस्रो जनआन्दोलन सरह अगाडि बढाउने निर्णय गरेको हो ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्दोलनलाई राजधानी केन्द्रित बनाइ सशक्त रुपमा अगाडि बढाउने निर्णय भएको जानकारी दिनुभयो । ‘आन्दोलनलाई अब दोस्रो जनआन्दोलनकै स्वरुपमा अगाडि बढाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘आदिवासी, जनजाति, मधेसी र पीडित जनताका अधिकारका लागि आन्दोलनको बिकल्प छैन ।’

संघीय गठबन्धनमा सहभागी मधेसी मोर्चाले पनि अबको राजधानी केन्द्रित आन्दोलनलाई सरकारविरुद्ध अगाडि बढाउन सबै सहयोग गर्ने जनाएको छ ।

चैतको दोस्रो साता राजधानीमा विशेष शक्ति प्रदर्शनको तयारी गरेको संघीय गठबन्धनले चैत २६ गतेदेखि आफ्नो आन्दोलनलाई तीब्रताका साथ अगाडि बढाउने जनाएको छ ।

सो आन्दोलनको तयारी स्वरुप मस्यौदा बनाउने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा मस्यौदा समिति पनि आजै गठन भएको छ । यो समितिले आन्दोलनको खाका बनाउनेछ ।