
– राजकुमार ओली
झापा, १६ फागुन । कालोबजारी निस्तेज पार्न नेपालभर अनुगमनलाई तिव्र पारिएको बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले बताउनु भएको छ ।
आज झापाको विर्तामोडमा मन्त्री पुनले अब कालोबजारीलाई टुलुटुलु हेरेर बस्न नसकिने र यस्ता कुर्तुतलाई सहन नसकिने जानकारी दिदै सघन प्रकारको अनुगमन जारी राखिएको बताउनुभयो । उपभोक्ताको ज्यानको जोखिमलाई आफूहरुले नजिकबाट हेरिरहेको उहाँको भनाई छ ।

मन्त्री पुनले आज नै नेपाल आयल निगम चारआली डिपो, साल्ट टेडिङ कर्पोरेशन विर्तामोड तथा खाद्य गोदामको समेत अनुगमन गर्नु भएको छ । भूकम्प पीडितको नाममा आएको चामल विर्तामोडका खाद्य गोदाममा थन्किएको भन्ने कुरामा आफूले अनुगमन गरिएको र थन्किएका चामल आजबाटै सम्बन्धित स्थान पुराउन समेत आफूले निर्देशन दिएको मन्त्री पुनले बताउनुभयो ।
अनुगनममा एमाओबादीका केन्द्रिय सदस्य झलकशिह दर्लामी, झापाका कार्यवाहक अध्यक्ष राजु आचार्य युवा नेता शिखर कडरिया, प्रकाश भटटराई लगायतको समेत सहभागिता रहेको थियो ।












प्रतिक्रिया