१ कार्तिक २०८३, शनिबार

बीस जना भारतीय माझी पाकिस्तानमा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-fishermanकराँची, १६ फागुन । पाकिस्तानले २० जना भारतीय माझीलाई पक्राउ गरेको छ । गैरकानूनी रुपमा जलक्षेत्रमा प्रवेश गरेको आरोपमा पाकिस्तानले उनीहरुलाई पक्राउ गरेको सामुद्रिक सुरक्षा निकायले जनाइएको छ ।

ती माझीहरुलाई कराँचीको दक्षिणी सहरमा पक्राउ गरिएको र उनीहरुको डुंगासमेत कब्जा गरिएको बताइएको छ ।

ती माझीहरुलाई अदालतमा उपस्थित गराइने तयारी भइरहेका प्रहरी अधिकारी फिदा हुसेनले एएफपी समाचार समितिलाई बताएका छन् ।

भारत र पाकिस्तानका माझीहरु बारम्बार एक अर्काको जलक्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा पक्राउ पर्ने गरेका छन् ।

अरेबियन समूद्रस्थित यी दुई देशको सीमामा जलक्षेत्रको प्रष्ट पारिभाषा नभएको यसप्रकार बारम्बार माझीहरु पक्राउ पर्ने गरेका छन् ।

यसरी पक्राउ पर्ने प्रायलाई जेल सजायपछि पनि उनकै गृहराष्ट्रको अधिकारीहरुलाई बुझाइने गरेको पनि प्रहरी अधिकारीले जानकारी दिएको छ ।

अदालत यसप्रकार गैरकानूनी रुपमा जलक्षेत्रमा प्रवेशगरी कानून उल्लंघन गरेको आरोपमा कम्तीमा एक वर्षसम्म जेल सजाय गर्न सक्ने प्रावधान रहेको हुसेनले बताएका छन् ।

कराँचीको लान्धी जिल्लामा अवस्थित जेलका वरिष्ठ अधिकारी साकिर हुसेनका अनुसार हाल मात्र पनि चारसय भन्दाबढी भारतीय माझीहरुलाई पक्राउ गरिएको छ । रासस /एएफपी