१५ कार्तिक २०८३, आइतबार

‘सरकार ! बाँदर लखेटिदिनुपर्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rhesus family

दोलखा, १६ फागुन । गाउँमा बाँदरले दुखःदिएपछि सुनखानी गाविसका महिला आन्दोलन गर्न सदरमुकाम चरीकोट आएका छन् ।

महिलाले आफूले बगैँचामा लगाएको फलफूलदेखि तरकारी र खेतको अन्नपात बाँदरले नष्ट पारेको बारेमा जानकारी दिई सदरमुकामका कार्यालयमा घेराउ गरेर यसको नियन्त्रणमा लागिदिन जिल्ला वन कार्यालय र जिल्ला प्रशाशन कार्यालय दोलखालाई दबाब दिएका हुन् । आफ्नो परिश्रम सबै बाँदरले खाइदिएपछि उनीहरुले आक्रोशित हुँदै बाँदर नियन्त्रणमा सहयोग गरिदन आग्रह गरेका छन् ।

सुनखानी गाविस–७ की तुलसा नेपाली भन्नुहुन्छ, “बाँदरले हाम्रो सबै बालिनाली सत्यनाश पा¥यो, यसका लागि सरकारले हेरिदिनु प¥यो, विभिन्न मौसम अनुसार बाली लगाउँछौँ, तर बाँदरले खान दिँदैन, कसो गर्नू, सरकारलाई भन्नु सिवाय अरु सबै गरिसक्याँै बाँदर लखेट्ने अन्य उपाए नभएपछि यहाँ आएका हौँ ।”

जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारीले बाँदर नियन्त्रणका लागि वन कार्यालयले सक्ने खालको पहल गर्ने बताउनुभयो । प्रमुख भण्डारी भन्नुहुन्छ “बाँदर मार्ने नियममा नै छैन ।”

आज करिब १५० जना महिला हुल बाँधेर चरीकोट आएका थिए । भुकम्प पछाडि घर भत्किएर टहरामा बस्दै आएका स्थानीयवासी बाँदरले दःुख दिएपछि झनै चिन्तामा छन् । रासस