काठमाडौं, १६ फागुन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा सरोजकुमार बस्नेतलाई हराउँदै प्रकाश पाण्डे निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पाण्डेले प्रतिद्वन्द्वी बस्नेतलाई २८ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
पाण्डेले खसेको कुल २ सय ५६ मतमध्ये १ सय ४२ तथा बस्नेतले १ सय १४ मत प्राप्त गरे । पाण्डे एमाले नेता राजेन्द्र पाण्डेका छोरा हुन् ।
त्यस्तै, उपाध्यक्ष पदमा बस्नेत समूहबाट राजेन्द्र रिजाल प्रथम उपाध्यक्ष, बस्नेत समूहबाटै निरज सिटौला र पाण्डे समूहबाट विष्णुहरि पाण्डे क्रमशः उपाध्यक्षका रुपमा निर्वाचित भएका छन् । उनीहरुले क्रमश १ सय २८, १ सय २६ तथा १ सय २३ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षका अन्य प्रतिद्वन्द्वी शालिकराम भण्डारीले १ सय २०, महेशबाबु तिमिल्सिनाले १ सय १४ तथा यशोधा भट्टराईले १ सय २ मत प्राप्त गरेका थिए ।
महासचिव पदमा प्रतिद्वन्द्वी महेश भण्डारीलाई ५९ मतले पराजित गर्दै १ सय ५५ साथ सन्तोष प्याकुरेल निर्वाचित भएका छन् ।
प्रथम सचिवमा १ सय ६२ मतका साथ देवीदास भट्टराई तथा सचिवका रुपमा १ सय १७ मतका साथ उमेश ढुंगेल निर्वाचित भएका छन् । सचिवका उम्मेदवार रजनी श्रेष्ठले १ सय १० तथा अर्को उम्मेदवार श्रीराम पौडेल १ सय ८ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बुले निर्वाचित भए । उनले १ सय ४१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी भरत रेग्मीले जम्मा १ सय ७ मत प्राप्त गरे ।
सह–कोषाध्यक्षमा रमेश वाग्लेले १ सय ४० मतका साथ विजयी भए । प्रतिद्वन्द्वि राकेश श्रेष्ठले मात्र १ सय १२ मत प्राप्त गरे ।
अन्य सदस्यहरु बालकृष्ण श्रेष्ठ (बिके)ले १ सय ८, यज्ञविलाश पौडेल (वाइबी)ले १ सय ८, रीतिका तण्डुकारले ९७, रमेश थापाले ९६, रमेश जोशीले ९४, बिदुर पौडेलले ९३, प्रदीप मण्डलले ९२, प्रशान्त शाहले ८४ तथा दयाराम थापाले ६५ मत प्राप्त गरेका थिए ।
अध्यक्षमा निर्वाचित भएपछि पाण्डेले दैनिक नेपाल डटकमसँग कुरा गर्दै आफूले घोषित एजेन्डालाई पूरा गर्दै समग्र व्यवसायको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया