
रोल्पा, १५ फागुन । आफ्नै श्रीमतीलाई मारेको अभियोगमा थवाङ–९ धवाङ बस्ने ४९ बर्षीय विरबल बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढाले फागुन ८ गते ३१ बर्षीय श्रीमती सीमा बुढा कालगतीले मृत्यु भएको भनी स्थानीय बासिन्दालाई बोलाई रुकुम महत–५ मा रहेको जंगलमा लगी गाडेकोका थिए ।
तर, सीमाको कालगतीले मृत्यु नभई बिरबलले बियरको बोतलले टाउकोमा प्रहार गरी हत्या गरेको भनी शुक्रबार राति सोही ठाउँ बस्ने दल बहादुर घर्तीले इलाका प्रहरी कार्यालय थवाङमा जानकारी गराएपछि खटिएको प्रहरीले बुढालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया