१ कार्तिक २०८३, शनिबार

साउदीमा थप एक नेपालीलाई मृत्युदण्ड, यस्तो छ घटनाको नालीबेली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साउदीस्थित नेपाली दूतावासमा नेपाली कामदारहरु
साउदीस्थित नेपाली दूतावासमा नेपाली कामदारहरु/फाइल फोटो

काठमाडौं, १५ फागुन । हत्या अभियोगमा जेल सजाय भोगिरहेका एक नेपालीलाई साउदी अरबको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

पीडित परिवारलाई ‘ब्लडमनि’ अर्थात क्षतिपूर्ति लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि अदालतले बुटबल घर भएका दिलबहादुर कामीलाई फागुन चार गते मृत्युदण्डको सजाय सुनाएको थियो ।

कामीले साउँदीमा सँगै काम गर्ने लम्खीदेउराली-५, पर्वतका किशन कुश्मेलीलाई हत्या गरेका थिए । यो फैसलालाई साउदी प्रशासनले जुनसुकै बेला कार्यान्वयन गर्न सक्नेछ ।

कुश्मेली र कामी साउदीको राजधानी रियादस्थित अलजजिरा सपिङ सेन्टरमा कार्यरत कामदार थिए । कामीको सामान लिएर कुश्मेलीको उनको घर पुगेका थिए । फर्किएर आएपछि मनमुटाव भएको झोंकमा आवेगमा आएर कामीले सेप्टेम्बर २६, २००८ मा कुश्मेलीको हत्या गरेका थिए । कामी ७ बर्षदेखि रियादस्थित अल हायर जेलमा छन् ।

साउदीका लागि नेपाली कार्यबाहक राजदूत आनन्द प्रसाद शर्माले पीडक र पीडित पक्षबीच विवाद मिलाउने प्रयास सफल नभएपछि अदालतले मृत्युदण्डको सजाय सुनाएको जानकारी दिए । उनले भने- ‘हामीले दुई पक्षबीच मिलाउन सम्बन्धीत निकायमार्फत् धेरैपटक प्रयास गरिरहेका थियौं तर पीडित पक्ष माफी दिने पक्षमा देखिएन । यो घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौं ।’

साउदीको कानुनअनुसार पीडित पक्षले माफी नदिए उनलाई दुवै देशको सरकारले चाहेर पनि बचाउन सक्दैन् । हत्याको अभियोगमै यसअघि साउदीमा एक नेपाली युवतीलाई पनि फासीको सजाय दिइएको थियो ।