१५ कार्तिक २०८३, आइतबार

नेपालले भारतसँग गर्यो अर्काे सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-At-India-1महेन्द्रनगर, १४ फागु । नेपाल र भारतका वन अधिकारीबीच वन्यजन्तुको अवैध कारोबार रोक्न संवेदनशील नाकामा संयुक्त गस्ती गर्ने सहमति भएको छ ।

भारतको लग्गाबग्गा वन चौकीमा बिहीबार दुई देशका अधिकारीको संयुक्त बैठकले आपसी सूचना आदानप्रदान गर्नुका साथै गस्ती गर्ने सहमति गरेका हुन् ।

बैठकमा सहभागी शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चोरी सिकारी नियन्त्रणका लागि गस्ती गर्ने सहमति भएको बताउनुभयो ।

‘बैठकमा बाघको चोरी सिकारीबारे दुवै देशले सूचना आदानप्रदान गर्ने सहमति भएको छ’ – उहाँले भन्नुभयो । रासस