१५ कार्तिक २०८३, आइतबार

भैरहवा र बुटवलमा मार्चपास, गाउँ गाउँमा र्याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-bhairahawa (2)

भैरहवा, फागुन १३ । नेकपा एमाले लुम्बिनीको आयोजनामा फागुन १४ गते भैरहवामा हुने विशाल सभाको पूर्व सन्धयामा एमाले निकट युवा विद्यार्थीले भैरहवा बुटवलमा मार्चपास गरेका छन् ।

एमाले रुपन्देहीका जिल्ला सचिव तुलसी प्रसाद चौधरीले दिएको जानकारी अनुसार अनेरास्ववियुको नेतृत्वमा विहीवार भैरहवा बुटवलमा मार्चपास सम्पन्न भएको छ । विहीवार दिउंसो युवा संघ नेपालको नेतृत्वमा सयौंको संख्यामा सहभागी युवा विद्यार्थिले मार्चपास गरेका छन् । भैरहवाको बुद्धचौंकबाट शुरु भएको मार्चपास नारायणस्थान, प्रहरीटोल हुदै मिलनचौंक, त्यसपछि मिलनचौंक बैंकरोड हुदै देवकोटा चौंक पुगी कोण सभामा परिणत भएको थियो । कोणसभालाई युवा संघका केन्द्रिय उपाध्यक्ष राजु गुरुंग, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य यमराज पाण्डे, युवासंघका अन्चल अध्यक्ष तुलबहादुर कार्कि लगायतले सम्बोधन गरेका थिए ।

यसअघि विहीबार विहान बुटवलमा पनि मार्चपास भएको थियो । बुटवलको मार्चपासमा बुटल बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस, लुम्बिी बाणिज्य क्याम्पस लगायतका विद्यार्थि तथा युवाहरुको सहभागीता रहेको थियो । बुटवलको पुस्पलाल पार्कबाट शुरु भएको मार्चपास रयाली अमरपथ हाटबाजर लाइन हुदैं राममन्दिर हुदैं टा«फिकचौंकमा पुगी कोणसभामा परिणत भएको थियो । कोषसभामा युवा संघका केन्द्रिय सदस्य धुव्र आचार्य, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य यमराज पाण्डे, सन्दीप विक, बसन्त ढकाल लगायतले सम्बोधन गरेका थिए ।

यसैगरी शुक्रबारको सभालाई मध्यनजर गर्र्दै रुपन्देहीको गाऊगाऊमा रयाली तथा सभा सम्पन्न भएका छन् । जिल्लाको हर्नैया मैनिहया, कम्हरीया, गोनहामा मोटरसाइकल रयाली सम्पन्न भएको छ । रयाली पश्चात आयोजित सभामा एमाले नेताहरु अयोध्यया थारु, सन्तप्रसाद यादव, पन्चम पासीले मन्तब्य राखेका थिए ।

यसैगरी क्षेत्र नम्बर छ माईकिंग र घरदैलो सम्पन्न भएको छ । मर्चवारको १६ वटै गाविसमा माईकिंग भएको जिल्ला सचिव चौधरीले जानकारी दिए । मर्चवारको माईकिंग र घरदैलोमा एमाले नेताहरु बाबुलाल यादव, विन्ध्याचल यादव, धुव्रनारायण यादव, विश्वनाथ वरईको नेतृत्व रहेको थियो ।

यसैगरी क्षेत्र नम्बर ७ मा लुम्बिनी सास्कृतिक नगरपालिकाका सबै वार्ड र सो क्षेत्रका गाविसहरुमा माईकिंग सम्पन्न भएकोछ । सो क्षेत्रमा महेन्द्र यादव, रामचन्द्र यादव लगायतले माईकिंग तथा घरदैलोको नेतृत्व गरेका थिए ।

यसैगरी क्षेत्र नम्बर ५ को सालझण्डीमा पनि घरदैलो सम्पन्न भएको छ । क्षेत्र नम्बर ३ को तिलोत्तमा नगरपालिकामा पालिकामा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।