३० आश्विन २०८३, शुक्रबार

इन्भेष्टमेन्ट बैंकका संस्थापक सञ्चालकलाई कस्ले लगायो अंकुश ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Investment-Bank-Limited Logoकाठमाडौं, १३ फागुन । नेपाल इन्भेष्टमेण्ट बैंकको ९ लाख ६९ हजार ३ सय ८८ कित्ता नयाँ शेयर निष्काशनका लागि आह्वान भएको २ दिनको अवधिमा ७ अर्ब रुपैयाँको आवेदन परेको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको जानकारी अनुसार पहिलो दिन झन्डै ३ अर्ब रुपैयाँको आवेदन परेकोमा दोस्रो दिन थप ४ अर्ब रुपैयाँको आवेदन परेको हो ।

सर्वसाधारणको हिस्सा २० प्रतिशतबाट ३० प्रतिशत बनाउन बैंकले प्रतिकित्ता १ सय रुपैंयामा ५ सय १ रुपैंया प्रिमियम थप गरी नयाँ शेयर निष्काशन गरेको हो । शेयर निष्काशनका दौरान ४ लाख आवेदन फारम वितरण गरिएको नागरिक लगानी कोषले जनाएको छ ।
शुक्रबारसम्म आवेदन दिने म्याद रहेको एफपिओका लागि सबै संकलन केन्द्रबाट विवरण आइनसकेको कोषले जनाएको छ । साना लगानीकर्ताका तर्फबाट अधिकांसले ८० कित्ताका लागि आवेदन दिएको कोषले जनाएको छ ।

कम्तिमा १० कित्तादेखि २ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । बैंकको अहिले ६ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेकोमा एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया पुग्ने छ ।

संस्थापक, सञ्चालक, प्रवन्ध सञ्चालकलाई अंकुश !

यता, नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो पूँजी वृद्धि गर्ने उद्देश्यले निष्कासन गरेको एफपिओ संस्थापक सेयरधनीले खरिद गर्न नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्रको नियामक निकाय धितोपत्र वोर्डले संयुक्त छलफल गरेर संस्थापकले सेयर खरिद गर्न नपाउने निष्कर्ष निकालेका हुन् ।

राष्ट्र बैंकसँगको निर्णयपछि धितोपत्र बोर्डले विज्ञप्ति निकालेर संस्थापक, सञ्चालक, प्रबन्ध सञ्चालक र नीजका परिवारले एफपिओ किन्न नपाउने जानकारी दिएको छ ।

धितोपत्र बोर्डको धितोपत्र निस्कासन तथा दर्ता नियमावलीमा संस्थापक सञ्चालक र उनीहरुका परिवारले एफपिओ खरिद गर्न पाउने नपाउने प्रष्ट नपारेको तर नेपाल राष्ट्र बंैकले जारी गरेको एकीकृत निर्देशनमा यस्तो सेयर खरिद गर्न नपाउने उल्लेख गरेको कारण विवाद उत्पन्न भएको थियो ।

सुरुमा बोर्ड र राष्ट्र बैंकले संयुक्त विज्ञप्ति प्रकाशित गर्ने सहमति भएको थियो । तर पछि वोर्डले मात्रै जारी गर्दा हुने भन्दै विज्ञप्ति प्रकाशित गरिएको हो ।