३० आश्विन २०८३, शुक्रबार

भारतबाट विजुली आएपछि लोडसेडिङ घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalकाठमाडौं, १३ फागुन । भारतबाट विद्युत आयात सुरु भएपछि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको छ ।

प्राधिकरणले आगामी बिहीबारदेखि लागू हुनेगरी लोडसेडिङ दैनिक दुई घन्टा घटाउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणसँगै शनिबारदेखि भारतबाट ८० मेगावाट आयात भएपछि आपूर्ति केही सहजको हो ।

प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट शनिबारदेखि ८० मेगावाट बिजुली आयात गरेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए ।

अहिलेको आपूर्तिमा थपविद्युत थपिएपछि लोडसेडिङ व्यवस्थापन गर्न सहज भएको प्राधिकरणले जनाएको छ ।

भारतबाट उक्त परिमाणको बिजुली आएपछि प्राधिकरणले अनौपचारिक रुपमा डेढ घन्टा लोडसेडिङ कम गरिसकेको छ । हाल १३ घण्टा कायम रहेको लोडसेडिङ आगामी बिहीबारपछि दुई घण्टा घटेर ११ घन्टामा झर्ने जनाइएको छ ।