काठमाडौं, १२ फागुन । सरकारले आउँदो शैक्षिक सत्रदेखि खुला दूर शिक्षा प्रणालीबाट ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ ।
विद्यालयमा नियमित उपस्थित नभइ घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
दुर्गम, शैक्षिक सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुला दूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न अबसर पाउनेछन ।















प्रतिक्रिया