मोरङ, ११ फागुन । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
आज भएको अन्तिम क्वार्टरफाईनल खेलमा नेपाल पुलिस क्लबले बलियो टोली मनाङ मस्र्याङदी क्लबलाई ट्राईबेकरमा ३ – २ गोलले हराउँदै सेमिफाईनल प्रबेश गरेको छ । आजको खेलसँगै सेमिफाईनल समिकरण पनि पुरा भएको हो ।
प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा भोली रमपम झापा ११ र सशस्त्र प्रहरीको एपिएफ र दोश्रो सेमिफाईनलमा आयोजक मोरङ फुटवल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आजको खेलमा निर्धारित र थप गरिएको २० मिनेटको अतिरिक्त समयसम्म दुबै टिमबाट १ – १ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
निर्धारित समयको ७० औ मिनेटमा पुलिसका विनोद कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि खेलको अन्तिम समय दोश्रो हाफको इन्जुरी समयमा मनाङका सुजल श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलमा ट्राईबेकरको समयमा सब्सच्युटको रुपमा मैदान प्रबेश गरेका पुलिसका रोशन खड्का म्यान अफ द म्याच घोषित भएका थिए ।















प्रतिक्रिया