१ कार्तिक २०८३, शनिबार

आत्मघाती आक्रमणको जिम्मा तालिवानले लियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ११ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा सोमबार अपराह्नमा भएको आत्मघाती आक्रमणको तालिवान आतङ्ककारीले जिम्मा लिएको छ ।

यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु भएको थियो । तालिवान लडाकूद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

पार्वान प्रान्तको सिआगुर्द जिल्लामा गस्तीमा रहेका प्रहरीको एक समूहलाई लक्ष्यगरी गरिएको यस आत्मघाती आक्रमणमा प्रहरी कमाण्डर मोहमदसहित उहाँका सहयोगीहरुको मृत्यु भएको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ५५ किलोमिटर उत्तरमा पर्ने सिआगुर्द जिल्लामा भएको आत्मघाती आक्रमणमा ६ जना अफगान स्थानीय प्रहरी (एएलपी) र सात सर्वसाधारणको मृत्यु भएको छ ।

अफगान द्वन्द्वको विषयमा तालिवानसँग हुने अफगान शान्ति वार्ता प्रक्रियाको मार्गचित्र तयार पार्न चार राष्ट्रबीच छलफल हुन लागेको एक दिन अगाडि सो आक्रमण भएको बताइएको छ । रासस/सिन्ह्वा