७ कार्तिक २०८३, शनिबार

सुष्माले के आधारमा ओलीलाई भाइ बनाइन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-And-Sushma-Swaraj

नयाँदिल्ली । ‘प्रधानमन्त्री ओलीजी भारतमा राजकीय भ्रमणमा हुनुहुन्छ । आज यस्तो संयोग परेको छ कि उहाँको आज जन्मदिन हो । मैले ओलीजीको बायोडाटा हेरेँ । उहाँ सन् १९५२ मा जन्मिनुभएको रहेछ, म पनि त्यही मितिमा जन्मेको हुँ । तर, म फेब्रुअरी १४ मा जन्मे, उहाँ फेब्रुअरी २२ मा जन्मिनुभयो । ओलीजी भन्दा म आठ दिनले जेठो रहेछु । म एक दिदीको नाताले ओलीजीलाई स्वागत गर्न चाहन्छु,’ इन्डियन काउन्सिल अफ वल्र्ड अफेयर्समा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार यसो भनिरहँदा हल तालीको गड्गडाहटले गुन्जियो ।

विदेशमन्त्री स्वराजसँगै डायसमा उपस्थित प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापाको मुहारमा अचानक चमक देखियो ।

संयोग प्रजातन्त्र दिवस भारतस्थित नेपाली दूतावासमा मनाउन पुगेका ओलीले आफ्नो ६५ औं जन्मदिन र २८ औं विवाहोत्सवसमेत सोमबार दिल्लीमै मनाए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।