७ कार्तिक २०८३, शनिबार

वीरगञ्ज नाकाबाट आयो खुसीको खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung-naka

काठमाडौं, ११ फागुन । पाँच महिनाको नाकाबन्दीको मारमा परेको देशकै प्रमुख वीरगञ्ज नाकाबाट सुखद खबर आएको छ ।

खबर अनुसार नाकाबन्दी हुँदा त्यहाँबाट पलायन भएका व्यापारी अहिले भने फर्किन थालेका छन् । यसले राजश्व बढ्नेछ ।

भारतीय नाकाबन्दीका बेला वीरगन्ज नाका परिर्वतन गर्दै अरु भन्सार बिन्दुबाट सामान भित्राउन माग गर्ने आयातकर्ता फेरि वीरगन्जतर्फ नै फर्किन थालेका छन् ।

प्रतीपत्र (एलसी)मा उल्लेखित भन्सार बिन्दु परिवर्तन गरी वीरगन्ज नाका कायम गरि दिन उनीहरुले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा दिइरहेका छन् ।

भन्सार बिन्दु परिर्वतनका लागि विभागको सिफारिस अनिवार्य चाहिन्छ । वीरगन्ज नाका अरुभन्दा छोटो दूरीको भएकाले ढुवानी लागत र समय दुवै कम लाग्छ ।

विभागका अनुसार आयातकर्ताले दैनिक १५ करोड रुपैयाँबराबरका सामान वीरगन्ज भन्सार कार्यालयबाट छुटाउने व्यवस्थाका लागि सिफारिस मागिरहेका छन् ।

झन्डै ५ महिना लामो नाकाबन्दीले वीरगन्ज रक्सौल नाका ठप्प भएपछि व्यापारीले एलसीमा वीरगन्ज भन्सार बिन्दुको वैकल्पिक नाका भैरहवा तथा विराटनगर भन्सार बिन्दु उल्लेख गरेका थिए ।

तेस्रो मुलुकबाट सामान आयातका लागि एलसी खोल्दा अनिवार्य रुपमा भन्सार कार्यालय उल्लेख गर्नुपर्छ । कारोबार दैनिकमा खबर छ ।