
कञ्चनपुर, ९ फागुन । पार्टी पुनर्निर्माण तथा संगठन शुद्धृढीकरण अभियान अन्तर्गत उदय सरस्वती क्याम्पस बंकमा आईतबार अखिल क्रान्तिकारी मूल इकाई कमिटी गठन गरीएको छ ।
एनेकपा माओवादीको तीन महिने पार्टी शुद्धृढीकरण अभियान अन्तर्गत उक्त इकाई कमिटि गठन गरिएको हो ।
आईतवार कयाम्पसमा गठन गरिएको इकाई कमिटिको अध्यक्षमा राजेन्द्र प्रसाद पन्त, उपाध्यक्षमा विशेश्वरी पन्त, सचिवमा भिम बुढा, सह–सचिवमा रोशनी जोशी, कोषाध्यक्षमा अञ्जली कुँवर र सदस्यहरुमा क्रमशः दिपक ऐरी, नरेश बम, आशिष विष्ट, सुरेन्द्र बोहरा, हेमराज जोशी चयन भएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नवराज ऐर, जिल्ला अध्यक्ष भिम भट्ट, वाईसिएलका केन्द्रिय सदस्य अर्जुन सिंह साउद र अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य जगदिश सेटी लगायतका प्रतिनिधीहरुको उपस्थितीमा संगठन विस्तार गरिएको पत्रकार अर्जुन सिंहले जानकारी दिए ।












प्रतिक्रिया