
– सुमन घिमिरे
मोरङ, ९ फागुन । नेकपा एमाले पूर्वाञ्चलद्वारा यही फागुन २२ गते विराटनगरमा आयोजना हुने क्षेत्रीय आमसभाको तयारी तीव्र रुपमा भइरहेको छ ।
पार्टी प्रचार विभाग मोरङको आज विराटनगरमा बसेको बैठकले तयारीका विषयमा छलफल गर्दै कार्यक्रमलाई प्रभावकारी तुल्याउनका लागि आवश्यक कार्ययोजना समेत बनाएको छ । प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वाञ्चलका सबै जिल्लाहरूसँग समन्वय गरी प्रचार अभियानलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।
पार्टीले सञ्चालन गरेको तीन महिने जागरण अभियानको समापनका अवसरमा पार्टी केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायत केन्द्रीय नेताले सम्बोधन गर्ने जनसभालाई भव्यताका साथ सम्पन्न आवश्यक प्रचारप्रसारलाई प्रभावकारी बनाउन विभिन्न व्यक्तिहरूलाई थप जिम्मेवारी तोकिएको छ ।
कार्यक्रमलाई व्यापकता दिन प्रचारप्रसारका सबै उपायहरू अबलम्बन गर्ने नीति पार्टीले लिएको छ । प्रचार अन्तर्गत सञ्चार संयन्त्रको उपयोग, पोष्टर पम्प्लेट, माइकिङ्, स्वागत गेट, तुल व्यानर, मोटरसाइकल र्याली आयोजना जस्ता कार्य गर्ने निर्णय पनि विभागले गरेको छ । मोरङका नगरपालिका तथा गाविसहरूमा स्थानीय पार्टी कमिटीको आयोजनामा फागुन २० गतेभित्र सन्देशप्रवाह हुने किसिमले मोटरसाइकल रर्याली गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यक्रमको अन्तिम तयारी अवस्थाबारे जानकारी गराउन फागुन २० पार्टी कार्यालय पाञ्चालीमा वृहद पत्रकार सम्मेलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।












प्रतिक्रिया