७ कार्तिक २०८३, शनिबार

‘मलाई सुशील दा’ले काठमाडौं बोलाउनु भयो तर, पहिलै जानुभयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mirdula Koiralaकाठमाडौं, ९ फागुन । सुशील कोइरालाको निधनका बेला विवादमा तानिएकी कोइराला परिवारकी सदस्य एवं कांग्रेसमा नेता बन्न कसरत गरिरहेकी मृदुला कोइरालाले बल्ल खोलेकी छिन् ।

कोइरालाको निधनपछि उनीमाथि थुप्रै आरोप लागेको थियो । जसको खण्डन गर्दै उनले यसरी स्पष्टिकरण दिइन् ।

मृदुला कोइराला
नेपाली कांग्रेसको महाधिबेशनमा भाग लिन म १२ माघमा मोरड गएँ । जानुभन्दा पहिले मैले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटेँ । १५ गते इकाई अधिबेशन छ म जान्छु भने । उहाँ सामान्य विरामी नै हुनुहुन्थ्यो । स्यारसुहार गर्नुपर्ने भएकोले मैले छुट्टि पाएकी थिइन । मैले त्यति भनेपछि जाउ भन्नु भयो ।

मोरड पुगेपछि पनि पटक पटक फोन कुरा हुन्थ्यो । कुरा गर्दा उहाँले अधिबेशन सकेर काठमाडौै आउ भन्नुभयो । जिल्ला अधिबेशन २५ गते थियो । त्यो सकेर २६ गते फर्किने मेरो तयारी थियो । तर २५ गते राति नै उहाँको निधन भएको खवर पाँए ।

नयाँपत्रिका दैनिकमा समाचार छ ।