१ कार्तिक २०८३, शनिबार

आईसीबीसी बैंकका छ जना अधिकारी स्पेनमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ICBC Bank Chinaम्याड्रिड (स्पेन), ९ फागुन । चिनियाँ एक प्रभावशाली बैंक आईसीबीसीका ६ जना कर्मचारीलाई करोडौँ युरो बराबरको सम्पत्तिको अवैध कारोबार गरेको आरोपमा शनिबार पक्राउ गरिएको स्पेनको न्यायिक स्रोतले जनाएको छ ।

पक्राउमध्ये तीन जनालाई एक लाख युरो धरौटी बुझाएमा रिहा गर्न सकिने स्पेनले बताएको छ ।

बाँकी अन्यलाई अनुसन्धानका लागि केही समय थुनामा राख्न म्याड्रिड पुनरावेदन अदालतले अनुमती दिएको छ ।

करिब चार करोड युरोको अवैध कारोबार गरेको शङ्कामा उनीहरुलाई बुधबार आईसीबीसीको म्याड्रिडस्थित शाखाबाट पक्राउ गरिएको थियो ।

उनीहरुमाथि शुक्रबादेखि अनुसन्धान सुरु गरिएको थियो ।

चीनको उद्योग तथा वाणिज्य बैंकका कर्मचारीमाथि उक्त रकम तस्करी र राजस्व छली कारोबार गर्न खोजेको आरोप लगाइएको स्पेनी प्रहरीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ । एएफपी