७ कार्तिक २०८३, शनिबार

भारतले कहिले दिन्छ प्रयाप्त तेल र ग्यास ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Oil-Corporationकाठमाडौं, ९ फागुन । रक्सौल नाका खुलेको तीन सातापछि पनि भारतले सहज रुपमा पेट्रोलियम पदार्थ दिएको छैन । तेल नपाउँदा उपभोक्ताले दुःख पाइरहेका छन् ।

मधेसी दलहरुको आन्दोलन फिर्तासँगै माघको चौंथो साता रक्सौल नाका खुलेपछि आपूर्ति सहज हुने अनुमान गरिएको थियो ।

भारत सरकारको पूर्ण स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमले मागेअनुसार तेल नदिँदा अभाव नघटेको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण निश्चित भएपछि आयात बढ्ने आसामा रहेका निगमका उच्च अधिकारी तेल नआउँदा अचम्ममा छन् ।

रक्सौलमा दैनिक २८ लाख लिटर डिजल, पेट्रोल लिन गाडी पठाए पनि कागजी प्रक्रिया देखाएर आइओसीले अलमल गरिरहेको निगमका उच्च अधिकारीले बताए ।