१५ कार्तिक २०८३, आइतबार

दाङ कांग्रेस खुमबहादुर समूहको कब्जामा, खड्का विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12742702_1143936808974068_1626929102942479932_nदाङ, ८ फागुन । नेपाली कांग्रेस दाङको सभापतिमा कीर्तिबहादुर खड्का बिजयी हुनु भएको छ ।

शेरबहादुर देउवा निकट मानिने युवा नेता कमलकिशोर घिमिरेलाई ५५ मतले पछाडि पार्दै खड्का सभापतिमा बिजयी हुनु भएको हो । खड्काले ३ सय ४० र घिमिरेले २ सय ८५ मत ल्याउनु भएको छ ।

कुल ६ सय ३९ मतदाता रहेको कांग्रेस दाङमा ६ सय २९ मत खसेको थियो । शनिबार भएको पहिलो चरणको निर्वाचनबाट सभापतिको टुङ्गो नलागेपछि आज दोस्रो चरणको निर्वाचन भएको थियो ।

सभापतिमा निर्वाचित खड्का कांग्रेस नेता खुमबहादुर खड्का समर्थक मानिनु हुन्छ । पहिलो चरणको निर्वाचनमा खड्काले ३ सय १, घिमिरेले १ सय ६० र अनिता देवकोटाले १ सय ५४ मत ल्याउनु भएको थियो । कांग्रेस सभापतिमा पराजित कमलकिशोर घिमिरे अघिल्लो कार्य समितिमा जिल्ला सचिव हुनुहुन्थ्यो ।

यसैबीच कांग्रेसका सभापतिका प्रत्यासी घिमिरेले १३औँ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेसनमा सहभागी सबैलाई धन्यवाद दिनुभएको छ ।

घिमिरेले आज एक बिज्ञप्ति प्रकासित गरेर अधिवेसनमा आफूलाई मतदान गर्ने मतदाता, निर्वाचन प्रक्रियामा सहभागी, निर्वाचन समिति, कांग्रेस नेता तथा कार्यकर्ता, शुभेच्छुक, सञ्चारकर्मी लगायतलाई धन्यवाद दिनु भएको हो ।

उता, सभापतिमा विजयी भएका खड्काले पनि आफ्नो जित दाङ कांग्रेसको जित रहेको भन्दै खुसी साटेका छन् । उनले भनेका छन्, ‘मेरो जित सबै कांग्रेस कार्यकर्ताका जित हो । मैले पार्टीलाई मिलाएर लैजाने छु ।’Kritibahadur Khadka

12729264_1143937102307372_6821672314834114651_n 12733412_1143936848974064_5226995142560349157_n 12733538_1280294365320669_5999356597990584013_n 12742134_1143936935640722_6911042457576450779_n 12742428_1143936995640716_1858259809165888982_n
12764421_1143936895640726_4439684197502901727_o