१ कार्तिक २०८३, आइतबार

मेगा बैंकको ३०औँ शाखा डडेल्धुराको जोगबुढामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Bank-Jogbudha2काठमाडौँ, ८ फागुन । मेगा बैंक नेपाल लिमिटेडले डडेल्धुरा जिल्लाको जोबुढामा आफ्नो ३० औँ शाखा विस्तार गरेको छ ।

दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा पर्शुराम नगरपालिकाको जोगबुढामा शाखा विस्तार गरेको हो ।

लुइस बर्जर गु्रपका उपाध्यक्ष चाल्स बेलले जोगबुढा शाखाको उद्घाटन गर्नुभयो । उहाँले सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । जोगबुढामा निजी क्षेत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो ।

मेगा बैंकका साना मझौला कर्जा प्रमुख अमित श्रेष्ठले वित्तीय सुविधाबाट वञ्चित नेपालीलाई सेवा दिने उद्देश्यले मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो ।

सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ । सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकले दुर्गम क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको छ ।

Mega-Bank-Jogbudha1 Mega-Bank-Jogbudha