– राजकुमार ओली
झापा, ८ फागुन । जिल्ला जनस्वास्थ्य कार्यलय झापा केही समयदेखि बन्द भएको खोप अभियानलाइ पुनः सञ्चालनमा आएको छ ।
झापाको शान्तिनगरमा एक बालकको खोप लगाएपछि मुत्यु भएको भन्दै विरोध गरिएपछि जिल्ला जनस्वास्थ्य कार्यलय झापाले रुबेला दादुरा लगायतको खोपको कार्यक्रम स्थगित गरेका थियो ।
बालकको मुत्यु खोपको कारणले नभइ अन्य कारणले भएको अनुसन्धानबाट खुलेपछि अभियान लाई पुनः सञ्चालन गरिएको हो ।
स्थगित गरिएको खोप अभियानलाइ पुनः भोलि फाल्गुन ९ गतेबाट सञ्चालनको तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय झापाका खोप अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।












प्रतिक्रिया