काठमाडौं, ८ फागुन । १६ महिनाअघि साउदी अरबमा रोजगारका सिलसिलामा ज्यान गुमाएका सिन्धुली क्यानेश्वर २ का उत्तरमान स्याङतानको शव नेपाल झिकाउन नसक्दा परिवार चिन्तित भएको छ ।
साउदी अरबमा अवैधानिक रुपमा काम गर्दै गर्दा अचानक ज्यान गुमाएका स्याङतानको शव नेपाल ल्याउन कानुनी समस्या परेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
म्यानपावरले भनेको काम र ज्यालासमेत चित्तुबझ्दो नभएपछि फरक फरक कम्पनीमा काम गर्दा स्याङतानको ज्यान गएको १६ महिनादेखि शव ल्याउन विभिन्न प्रयत्न गरिएपनि नसकिएको मृतक स्याङतानकी पत्नी कमलामायाले बताईन ।















प्रतिक्रिया