काठमाडौं, ८ फागुन । निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने गृहकार्य भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐनमा पाँचौ संशोधन मार्फत ५८ वर्षको उमेर हदलाई बढाउने तयारी थालको हो ।
निजामती ऐनमा समसामयिक सुधार र संशोधनको लागि सहसचिव नारायण भट्टराईको संयोजकत्वमा गठित सात सदस्यीय उच्चस्तरीय कार्यदलले निजामती कर्मचारीको सेवानिबृत्त हुने उमेर ५८ बाट ६० वर्ष पुराउन सरकारलाई सिफारिस गरेको छ ।
सामान्य प्रशासनमन्त्री रेखा शर्माले कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने विषयमा छलफल थालिएको जानकारी दिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनले भनिन् , ‘उमेरहद बढाउदा राज्यलाई के–कस्तो फाइदा घाटा हुन्छ, त्यसको उपुक्त विश्लेषण गरी आवश्यक निर्णय लिइनेछ । ‘
केही उच्च प्रशासक तथा कर्मचारी ६० वर्षभन्दा बढी उमेरहद राख्नुपर्ने लविङमा छन् ।















प्रतिक्रिया