१५ कार्तिक २०८३, आइतबार

एसएलसीको ‘ग्रेडिङ’ प्रणालीको भ्रम हटाउनुपर्छः मन्त्री पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slc

धनगढी, ७ फागुन । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले प्रवेशिका (एसएलसी) परीक्षामा लागू गरिएको ग्रेडिङ प्रणालीका विषयमा उत्पन्न भ्रम चिर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज गेटा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले ग्रेडिङ् प्रणाली लागू भएबाट परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीको सोच यसअघिको जस्तो नकारात्मक नहुने धारणा व्यक्त गर्नुभयो ।

पोखरेलले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको कामलाई अगाडि बढाउन पहल भइरहेको बताउनुभयो । रासस