
नेपालगन्ज, ७ फागुन । दिवंगत सभापति सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला नेपाली कांग्रेसकी पहिलो महिला सभापतिमा निर्वाचित भएकी छिन् ।
किरण बाँके जिल्लाको नयाँ तथा पहिलो महिला सभापति बनेकी हुन् । प्रतिद्वन्द्वी निरञ्जनसिंह सिवाकोटीलाई १४१ मतको फराकिलो अन्तरले पराजित गर्दै किरण सभापति बनिन् ।
संस्थापन पक्षबाट चुनाव लडेकी उनले संस्थापनकै सिवाकोटीलाई हराइन् । उनले कुल ३५८ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्द्वी सिवाकोटीले २१७ मत मात्रै ल्याए ।












प्रतिक्रिया