१५ कार्तिक २०८३, आइतबार

सीके राउतमाथि प्रहरीको अर्काे कारवाही, तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawat-2

सप्तरी, ७ फागुन । अलग मधेस देश निर्माण गर्न अभियान चलाएका डा. सिके राउतका तीन कार्यकर्तालाई आज सप्तरी प्रहरीले भारदहबाट पक्राउ गरेको छ ।

सप्तरीको भारदहमा आयोजना गरेको कार्यक्रम प्रहरीले हस्तक्षेप गरेर विथोल्नुका साथै राउतका तीन कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राउतका कार्यकर्ताहरु श्यामसुन्दर मण्डल, सुरेन्द्र मण्डल र दिनेश्वर शर्मा छन् । पक्राउ परेका तीनै कार्यकर्तालाई रिहाइको माग गर्दै अन्य कार्यकर्ताहरु प्रदर्शनमा उत्रेपछि प्रहरीले लाठी चार्ज समेत गरे । राउतका समर्थकहरुले मधेस देशको पक्षमा र सरकार तथा प्रहरीको विरोधमा नारा लगाएका थिए ।

प्रहरीको लाठी प्रहारबाट भारदह २ का पंकज सिंह, भारदह १ का सन्तोष झा, सुर्यनारायण विश्वास, भारदह ५ का रत्नलाल पैकरा, संजीव गाइम, शुभम मण्डल, योगिनियाँ ४ का पिन्टु गोइत, भारदह ७ का शिवशंकर यादव, चन्दन मण्डल, सुरेशुकुमार मुखिया, सीताराम मण्डल, राजनारायण यादव लगायतका कार्यकर्ता घाईते भएका छन् ।