
काठमाडौं, ७ फागुन । भारत भ्रमणका क्रममा दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ओलीलाई राष्ट्रपति भवन जाने क्रममा दिल्लीमा रहेका मधेसी मोर्चा समर्थक विद्यार्थीहरुले कालो झन्डा देखाएका हुन् ।

ओलीलाई कालो झन्डा देखाउन मधेसी दलनिकटका विद्यार्थीहरु उपस्थित भएका थिए । मधेसको माग सम्बोधन नगरेको भन्दै उनीहरुले यसअघि नै कालोझण्डा देखाउने घोषणा गरेका थिए ।
पाँच महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाले यसअघि आजै सीमांकन टुंग्याउन सरकारले गठन गरेको राजनीतिक समितिमा नबस्ने घोषणा समेत गरेको थियो ।















प्रतिक्रिया