१५ कार्तिक २०८३, आइतबार

कांग्रेस कैलालीको सभापतिमा शाह निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congressधनगढी, ७ फागुन । नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिको सभापतिमा पुनः नरनारायण शाह ‘मनु’ निर्वाचित हुनुभएको छ ।

जिल्ला सभापतिलगायतका पदमा बिहीबार भएको निर्वाचनमा शाहले ४१६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभापतिका अर्का उम्मेदवार भीम बडुवालले २५७ मत प्राप्त गर्नुभएको थियो । सभापतिमा उम्मेदवारी दिएका तीनजनाले पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि काँग्रेसको विधानअनुसार दोस्रो चरणको निर्वाचन गरिएको निर्वाचन अधिकृत मदन रेग्मीले बताउनुभयो ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शाहले ३३१, भीम बडुवालले १६० र गणेश देउवाले १६० मत प्राप्त गर्नुभएको थियो । समान मत पाउने बडुवाल र देउवाबीच गरिएको गोला प्रक्रियाबाट बडुवालले दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

जिल्ला कार्यसमितिको सचिवमा पूर्ण कुँवर र कोषाध्यक्षमा सेवकराम चौधरी निर्वाचित हुनुभएको छ ।

असन्तुष्ट पक्षबाट मतपेटिका तोडफोडको प्रयास भएपछि यसअघि गएको माघ २५ मा भएको निर्वाचन स्थगित गरिएको थियो । रासस / कमला