१५ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुको मतगणना आज हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak & Nabinaकाठमाडौं, ७ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको गणना आजदेखि हुने भएको छ ।

अध्यक्ष मण्डलले शुक्रबारदेखि मतगणनाको तयारी गरेको प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

सत्र पदाधिकारीसहित १ सय ४२ सदस्यीय समितिका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गरिने बताइएको छ ।

देशभरका एक हजार ५९७ प्रतिनिधिले मतदान गरेका थिए । गत बिहीबारदेखि जारी सम्मेलनको समय लम्बिँदा मतदान ढिला भएको थियो ।