७ कार्तिक २०८३, शनिबार

इन्धन कालोबजारीमा निगमका कर्मचारी लागेको प्रमाण फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol Oil Nigamकाठमाडौं, ७ फागुन । इन्धन कालोबजारीमा सघाएको भन्दै विवादमा तानिएको नेपाल आयल निगमले अबैध पम्पलाई तेल दिइरहेको खुलेको छ ।

अघोषित नाकाबन्दीपछि पाँच महिना यता बिना दर्ता सञ्चालनमा रहेको कीर्तिपुरस्थित आरती सप्लायर्सलाई निगमले तेल उपलब्ध गराउँदै आएको खुलासा भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले बुधवार पम्प सञ्चालक दिनेश महर्जनलाई पक्राउ गरेपछि इन्धन कालोबजारीमा निगम पदाधिकारीको मिलेमतो छर्लंग भएको छ ।

महर्जनमाथि अबैध प्रक्रियामार्फत भित्र्याएको तेल घरमा भण्डारण गरी नोजल नै राखेर महंगो मूल्यमा बेचेको अभियोग छ ।

प्रहरीले उनको घरबाट कालोबजारी गर्न राखिएको १५ सय लिटर पेट्रोलसमेत बरामद गरेको छ ।