१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीलाई दिपकराजको अनौठो सुझाव !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepakraj-giri-Kp-oli

काठमाडौं । कलाकार दिपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनौठो सुझाव दिएका छन् ।

सबैले प्रधानमन्त्री ओलीले भारत भ्रमणमा कुनैपनि सम्झौता गर्न नहुने माग गरिरहेका बेला दिपकराजले भने भारतसँग धेरै भन्दा धेरै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

आफ्ना कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने दिपकराजले भ्रमणमा जानु एकअघि विहीबार प्रधानमन्त्रीलाई भनेका छन्- ‘भारतसँग सकेसम्म धेरै सम्झौता गरौ तर आफ्नो फाइदा हेरेर प्रमज्यू शुभयात्रा !!!’

यस्तो छ दिपकराजको सुझावः
आज म लेख्दैछू…..
हामिले बच्चा देखि पढ्यौ हाम्रो देश भूपरिबेष्ठित देश हो जुन गलत हो, हाम्रो देश भारत परिवेष्टित मूलूक हो,
हामिले नदि बेच्ने, बिजूलि बेच्ने गहूं, मकै जे जे छ बेच्ने त्यहि हो, अब पनि बर्षौ देखि फोकटमा बगेर गइरहेको नदिको पानि उनिहरूलाइ बेचेर आफू पनि लाभान्वित हुन सकेनौ भने हिरालाइ टालोमा बेरेर घरैमा लुकाएर राखेर म पनि करोडपति हूँ भनेर फूँइ लगाको जस्तै हुनेछ… अतः प्रधानमन्त्रीलाइ नदि नाला नबेचौ भनेर सल्लाह दिनु भन्दा सकेसम्म धेरै सम्झौता गरौ तर आफ्नो फाइदा हेरेर भनेर सल्लाह दिनु उत्तम होला…. प्रमज्यू शुभयात्रा !!!