१ कार्तिक २०८३, आइतबार

नेपाल र क्यानडाको सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag-Pins-Nepal-Canadaकाठमाडौँ, ६ फागुन । नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घ र क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाजबीच दुई देशको जनस्तरमा सम्बन्ध विस्तार गर्न र दुई देशको पारस्परिक हित बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज काठमाडौँमा पूर्वराजदूत तथा सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठको उपस्थितिमा सङ्घका उपाध्यक्ष प्राडा प्रदीपकुमार खड्का र समाजका अध्यक्ष मानकाजी जेनाले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

सङ्घका अध्यक्ष श्रेष्ठले यो सम्झौताले भूगोलका हिसाबले टाढा भए पनि भावनात्मक रुपमा नजिक बनाउनेछ भन्नुभयो ।

समाजका अध्यक्ष जेनाले क्यानडाली नेपालको हिमाल, पहाडबाट मोहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यानडाका पर्यटक र व्यापारी नेपाल आउँदा भाषाको समस्या पर्ने भएकाले क्यानडाका चार सहरमा नेपाली भाषा पढाई रहेका छौँ ।”

सङ्घका उपाध्यक्ष प्रा डा खड्काले नेपालीले विदेशमा गएर कामदार मात्र नभई सान र मानका साथ देशको गौरव बढाएको धारणा राख्नुभयो ।

सो अवसरमा नेपाल–क्यानडा मैत्री दिवसका अवसरमा प्रकाशित ‘न्युज लेटर’ विमोचन गरिएको थियो । रासस