कृष्णपुर (कञ्चनपुर), ६ फागुन । एकीकृत नेकपा माओबादीको ३ महिने संगठन निर्माण अभियान अन्तर्गत विहीबार कञ्चनपुरको कृष्णपुरबाट ‘वाइसिएललाई साथी बनाऔं’ अभियान शुरु भएको छ ।
कृष्णपुर नगरपालिकाको वडा नं. १ निगालीबाट यो अभियानको शुरुवात गर्दै एकीकृत नेकपा माओबादीका युवा नेता ओमविक्रम भाट ‘सरल’ले सयम परिस्थिति अनुसार चल्न नसक्नेहरुलाई इतिहासले समाप्त पार्ने भएकोले युग अनुसार चल्नु नै आजको आवश्यकता भएको बताए ।
हिजो वाइसिएल गाउँमा हुँदा विकृति विसंगतिहरु कमहुँदै गएका् भएपनि अब फेरि विसंगति बढ्दै जान थालेकाले अब वाइसिएल ब्युतिएको उनको भनाई थियो । वाइसिएललाई साथी बनाऔं अभियानको उद्घाटन समारोहमा बोल्दै एकीकृत नेकपा माओबादीका जिल्ला सहसचिव अमिनप्रसाद दहितले भ्रष्टाचार र अत्याचारले गांज्न थालेपछि वाइसिएलको फेरि आवश्यकता परेको बताए ।
टोलटोलमा वाइसिएल निर्माण गरी भ्रष्टाचारीलाई कार्वाही गर्ने उद्देश्यले कृष्णपुरबाट यो अभियानको शुरुआत गरिएको वाइसिएलका केन्द्रिय सदस्य अर्जुन साउदले बताए ।
कार्यक्रममा वाइसिएलका अर्का केन्द्रिय सहस्य मन्जु बम र अनेरास्ववियु क्रान्तिकारीका ७ नं. प्रदेश संयोजक राधाकृष्ण जोशीले पनि आ–आफ्नो धारणा राखेका थिए ।














प्रतिक्रिया