१ कार्तिक २०८३, आइतबार

नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आगामी चैत ४ देखि ८ गतेसम्म स्थानीय भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।

नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हुने मेलामा सहभागी हुन चाहने स्वदेशी तथा विदेशी कम्पनीका लागि महासङ्घले आजैदेखि प्रदर्शनीकक्षसमेत खुला गरेको छ ।

तीन सयभन्दा बढी कक्षमार्फत स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, भुटान, ताइवानलगायत देशका कम्पनीले भाग लिने महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै कक्ष राखिने जानकारी दिँदै उहाँले तयारी पोसाक, छाला तथा छालाजन्य उत्पादन, सेवा क्षेत्रका विविध उत्पादन समावेश गरिने बताउनुभयो ।

नेपाल हस्तकला महासङ्घ र नेपाल जडीबुटी उत्पादक सङ्घ मेलाका सहआयोजक हुन् । रासस