३० आश्विन २०८३, शुक्रबार

नेपाल भित्रियो टाटा मोटर्सको नयाँ मेगा पिकअप भ्यान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tata-motors

काठमाडौं, ६ फागुन । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स् र टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स्को नयाँ मेगा पिकअप ‘ऐसी मेघा’ भ्यान नेपाल भित्र्याएको छ ।

विहीबार नयाँ भ्यानलाई बजारमा सार्वजनिक गर्दै पिकअप सेग्मेन्टमा १ टनको आकर्षक पेलोड क्षमतासहित उत्कृष्ट प्रदर्शन क्षमता भएको टाटा एस मेगामा नयाँ जमानाको डिकोर डिजेल इन्जिन प्रयोग गरिएको छ । जसले उत्कृष्ट फ्यूल क्षमता र साना कमर्सियल गाडीहरु सञ्चालनमा कम लगानीको प्रयाभुति दिन्छ । आकर्षक, मजबुत एवं आरामदायी क्याबिनयुक्त टाटा एस मेगालाई कार्गो यातायातका लागि नयाँ आविष्कारको रुपमा निर्माण गरिएको छ ।

यातायात सञ्चालकहरुका लागि धेरैभन्दा धेरै आम्दानी प्रदान गर्ने टाटा एस मेगा धेरै लोड बोकेर पनि थोरै टर्नअराउन्डमै लामो तथा छोटो दूरी दुवैका लागि निकै उपयुक्त छ । नेपाली बाटो सुहाउँदो र जस्तोसुकै अप्ठेरो बाटोमा पनि सजिलै गुड्न सक्ने क्षमतासहित जुनसुकै व्यवसायको लागि उपयुक्त एस मेगाले साना पिक सेग्मेन्टको सबैजसो कामहरु उत्कृष्ट तरिकाले सम्पन्न गर्दछ । व्यवसायमा सफलता हाँसिल गर्ने उपयुक्त विकल्पको रुपमा साबित हुने कुरा कम्पनीले जनाएको छ ।

टाटा मोटर्स, इन्टरनेशनल बिजनेश कमसिर्यल भेहिकल्सका प्रमुख, श्री रुद्ररुप मैत्रका अनुसार टाटा मोर्टस्ले साना ढुवानी पिकहरुको सेगमेन्ट अन्तर्गत विभिन्न गाडीहरु प्रस्तुत गरिसकेको र ग्राहकहरुको आवश्यकता र चाहना बमोजिम यस सेगमेन्टमा अझ उत्कृष्ट र सही ढुवानी गाडी प्रदान गर्ने उद्देश्यअनुरुप नै अत्याधुनिक, आरामदायी, सुरक्षित र बहुउपयोगी नयाँ स्मार्ट एस मेगा सार्वजनिक गरेको हो । मैत्र भन्नुहुन्छ– ‘आफ्नो कम्पनीको अनुभव र दक्षताका आधारमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको एस मेगाले यो सेगमेन्टका अन्य रेन्जहरुझैं हरेक व्यवसायमा उपलब्धि हाँसिल गर्ने र नेपालका हरेक व्यवसायीहरुको पहिलो रोजाईमा पर्ने कुरामा हामी विश्वस्त छौं ।’

टाटा मोटर्स्ले डिजाइन नेक्स्ट, पर्फमेन्स नेक्स्ट र फ्यूल नेक्स्ट जस्ता तीनवटा मुख्य प्रविधिमा आधारित भएर आफ्ना कमर्सियल गाडीहरु उत्पादन गरिरहेको छ । टाटा एस मेगा पनि यही तीनवटा प्रविधिमा आधारित छ त्यसैले यसले उत्कृष्ट पर्फमेन्स, अधिक स्पीड, पेलोड उत्कृष्ट क्षमता कम मर्मत खर्च, स्टाईलिस र आरामदायी सुविधाहरुसहित मेगा प्याकेजको अनुभूति गराउँदछ ।

टाटा एस मेगाले पावर, स्पीड र उत्कृष्ट फ्यूल क्षमता प्रदान गर्दछ । यसमा अत्याधुनिक प्रविधिको दुई सिलिन्डरयुक्त ८०० सिसि डिकोर इन्जिन जडान गरिएको छ जसले ४० एचपिको पावर प्रदान गर्दछ । हलुका वजनको आल्मुनियम इन्जिन र ५ स्पीडको गियर बक्सले स्मुथ ड्राइभ र उत्कृष्ट फ्युल क्षमतामा प्रदान गर्दछ । एलसीआरभीसहितको ७ ईन्चको ठूलो ब्रेक बुस्टरले उत्कृष्ट ब्रेक क्षमता प्रदान गरि गाडीको आयु समेत लम्ब्याउँछ ।

मजबुत फ्रन्ट र रियर लिफ स्प्रिङ्ग सस्पेन्सन र एक्सलहरुले जस्तोसुकै रोडमा पनि सही पेलोड क्षमता प्रदान गर्दछ । ९० के.एम.पि.एच. को उत्कृष्ट स्पीडले सहज तरिकाले धेरै ट्रिपहरु प्रदान गर्दछ । फ्यूलको मूल्य बढी भएको नेपालजस्तो देशमा टाटा एस मेगाले यहाँका ग्राहकहरुका लागि २०.६ के.एम.पि.एल. को उत्कृष्ट फ्यूल क्षमता प्रदान गर्दछ ।

टाटा एस मेगाले चालकहरुका लागि आरामदायी क्याबिन, लकसहित ग्लोब बक्स, म्युजिक सिस्टम, मोबाइल चार्जिङ्ग सुविधा, डिजिटल क्लक, फ्रयाबिक सिट आदिको सुविधा प्रदान गर्दछ । साथमा स्टाईलिस बडी कलर बम्पर, नयाँ फ्रन्ट प्रोटेक्टटिभ आर्क आइब्रो, नयाँ स्पार्टी बडी ग्राफिक र दुवै तर्फ भएको इच्ख्ः गाडीलाई थप सुरक्षित र आकर्षक बनाएको छ ।

ग्राहकहरुलाई सही प्रतिफल प्रदान गर्न टाटा एस मेगाले नयाँ लोड बडीसहित १ टनसम्मको पेलोड क्षमता प्रदान गर्दछ । गाडीकोे अत्याधुनिक कार्गो लोड डेकले बजारमा हुने लोडहरुलाई सही दिशा प्रदान गर्दछ । १४ इन्चको टायर, १७५ मि.मि.को उच्च ग्राउन्ड क्लियरेन्स र ३० प्रतिशतको गे्रडेबिलिटीले जुनसुकै रोड कन्डिसनमा पनि सही पेलोड क्षमता प्रदान गर्दछ ।

आफ्ना ग्राहकहरुका लागि विक्रीपछिको सर्भिस र सुविधाहरुमा पनि प्रत्याभूति दिन्छ । २५ वटा सर्भिस सेन्टर र वर्कशपहरुसहित नेपालका लागि टाटा मोटर्स्को एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रडिङ्ग प्रा.लि. को नेटवर्क सञ्जाल नेपालभर छरिएका छन् ।
साथै उक्त गाडीमा २ वर्ष वा ७२,००० कि.मी. (जुन पहिला आउँछ) को वारेण्टीसमेत प्रदान गरिन्छ ।

यातायात क्षेत्रमा नयाँ आविष्कार र अत्याधुनिक प्रविधिहरुको प्रयोग गर्न सफल टाटा एस परिवारले सन् २००५ देखि हालसम्ममा संसारभरबाट १.५ मिलियनको सेल्सको सफलता प्राप्त गरेको छ । हरेक साना व्यवसायी र व्यक्तिहरुको जीवनस्तर उकास्न समेत टाटा एस मेगाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस क्षेत्रमा अझै नयाँ कदमहरु चाल्दै नेपालको क्ऋख् क्षेत्रमा सदा अग्रसर रहने कुरामा कम्पनी प्रतिबद्ध रहेको बताइएको छ ।

प्रमुख विशेषताहरुः
– एउटा शक्तिशाली गाडी जुन १ टनको आकर्षक पेलोड क्षमतासहित जस्तोसुकै अप्ठेरो बाटोहरुमा पनि सजिलै गुड्छ
– नयाँ जमानाको DICOR इन्जिन प्रयोग गरिएको जसले ४० एच. पि. को पावर प्रदान गर्दछ
– ९० के.एम.पि.एच. को उत्कृष्ट स्पीडले सहज तरिकाले धेरै ट्रिपहरु प्रदान गर्दछ
– २०.६ के.एम.पि.एल. को उत्कृष्ट माईलेज
– सानो पिकअप सेग्मेन्ट अन्तर्गत सञ्चालनमा सबैभन्दा कम मूल्य लाग्ने