१ कार्तिक २०८३, शनिबार

सुरक्षा कारबाहीमा ४५ जना विद्रोहीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghan security forces inspect the site of a U.S. airstrike in Kunduz city, north of Kabul, Afghanistan, Friday, Oct. 2, 2015. The new leader of the Afghan Taliban says their capture of the northern city of Kunduz was a "symbolic victory" that showed the strength of the insurgency — even though the Taliban pulled out of the city after three days. (AP Photo)

काबुल, ६ फागुन । बुधबार बिहानदेखि बिहीबारसम्मको सुरक्षा कारबाहीमा अफगानिस्तानका विभिन्न भागमा कम्तीमा पनि ४५ जना संदिग्ध तालिवान लडाकूको मृत्यु भएको बिहीबार यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानका उत्तरी प्रान्तहरु जुवाजिन र बादक्सानमा सो कारबाही गरिएको हो । प्राप्त जानकारीअनुसार ती स्थानमा अफगानिस्तानको संयुक्त सुरक्षा फौजले कारबाही जारी राखेको छ ।

गएको २४ घन्टाभित्र अफगान नेसनल सेक्युरिटी फोर्सेस (एनएएएफ) ले सञ्चालन गरेको तालिवान विद्रोहीविरुद्धको सुरक्षा कारबाहीमा ती दुई प्रान्तका विभिन्न भागमा भएका कारबाहीमा परी ४५ जना तालिवान विद्रोहीको मृत्यु भएको हो ।

साथै मन्त्रालयले पाँचजना विद्रोही लडाकू घाइते भएको पनि बिहीबार जारी वक्तव्यमा जनाएको छ ।

संयुक्त सुरक्षा बल (एएनएसएफ) ले तालिवानविरुद्ध सञ्चालन गरेको सुरक्षा अभियानका क्रममा आधुनिक हतियारमा प्रयोग गरिने भारी मात्रामा गोली बरामद गरिएको रक्षामन्त्री मोहमद मासुमले बताउनुभयो ।

विज्ञप्तिमा सुरक्षा कारबाहीका क्रममा पाँच जना सैनिक पनि गम्भीर रुपमा घाइत भएको पनि मन्त्रालयले जनाएको छ । तर यसबारे तालिवान विद्रोहीबाट भने कुन भनाई आइसकेको छैन ।

उता अफगानिस्तानकै उत्तरी एक प्रान्तमा तालिवानका वर्तमान प्रमुख मुल्लाह र उनका विरोधी तालिवान लडाकूहरुका बीचको झडपमा परी कैयौंको ज्यान गएको बताइएको छ ।

तर यस विषयमा भने तालिवान वा सरकारी सुरक्षा फौजले कुनै समाचार दिएको छैन । रासस/एएफपी