
काठमाडौं । नेपाली सिने चर्चित नायिका रेखा थापाले बुधबार एकाएक पूर्वश्रीमान छविराज ओझालाई अंगालो हालेकी छिन् ।
डिभोर्सपछि एकले अर्काेलाई देखेपछि नदेखेझै गरी हिड्ने रेखा र छविले बुधबार भने अंकमाल समेत गरे । चलचित्र निर्माता छविराज ओझासँग रेखाको केही वर्षअगाडि डिभोर्स भएको थियो ।
बुधबार नायिका चलचित्र ‘को आफ्नो’ प्रिमियर शोपछि नायिका थापा र निर्माता ओझाले जयनेपाल हल परिसरमा अंकमाल गरेर सबैलाई आश्चर्यचकित पारे ।
प्रिमियर शोबाट बाहिरिँदै गर्दा थापाले ‘के छ ड्याडी’ भन्दै ओझालाई अंकमाल गरिन् । ओझाले मुस्कुराउँदै ‘बाँचेकै छु बाबु’ भन्दै रेखाप्रति सम्मान प्रकट गरे ।
कुराकानी टुंग्याउँदै रेखाले आफ्नो गाडीमा घरसम्म पुर्याइदिन्छु भने पनि ओझाले ‘हिँड्दै जान्छु’ भनेका थिए । बिदा हुने बेलासमेत गाडीभित्र र बाहिर उनीहरूबीच कुराकानी भएको थियो ।
यो दृश्यले रेखा र छविको विग्रेको सम्बन्ध सुध्रिएको अड्कलबाजी गरिएको छ ।

फोटोहरुः उत्सव रसाइलीबाट ।















प्रतिक्रिया