
काठमाडौँ । २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जिताउन सफल बनेका नेपाली फुटबल खेलाडीहरुलाई नेपाल प्रवेश गरेसँगै धुमधामका साथ स्वागत गरिएको छ ।
भारतबाट नेपाल प्रवेश गरे लगत्तै झापाबाट सुरु भएको स्वागत कार्यक्रममा नेपाली फुटबलका हिरोहरुलाई बधाई र सम्मान थाप्न भ्याई नभ्याइ भयो बुधबार दिनभर । त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तैबाट शुरु भएको सम्मान दशरथ रंगशालासम्म आईपुग्दा उत्सबकै रुपमा देखियो ।
टोलीलाई विमानस्थल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्युरोड गेट, वीरअस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी सङ्ग्रहालय गेट, पुरानो बसपार्क, भद्रकाली, सहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्याएर सम्मान गरिएको थियो ।
रंगशालामा एक विशेष समारोहका साथ नेपाली फुटबलका हिरोहरुलाई सम्मान गरिएको हो । सो अवसरमा प्रमोद खरेल लगायतका कलाकारहरुले खेलाडीडाई बधाई दिन राष्ट्रियताले भरीएका गीतहरु गाएका थिए । गायक गायिकाले गाउँदा खेलाडीहरु निकै नै उत्साहित हुँदै ज्यानै फालेर नाचेका थिए । (ओएस नेपालबाट)
हेर्नुस भिडियो:















प्रतिक्रिया