७ कार्तिक २०८३, शनिबार

यसरी भयो प्रधानमन्त्रीको सपना चकनाचुर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

metro-train-glass

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि काठमाडौंमा मेट्रो रेल गुडाउने सपना सुनाएका थिए । तर, यो योजना करिब चार वर्षअघिदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ ।

भूकम्पको उच्च जोखिम, लागत एकदमै धेरै हुने र रेलका लागि पूर्वाधार विकास गर्नुपर्ने स्थानमा ठूल्ठूला भवन बनिसकेको जस्तो चुनौतीले गर्दा सो योजना अघि बढाउने की नबढाउने विषयमा अन्योल रहेको अधिकारीहरूले बताएका छन् ।

नेपालको वार्षिक बजेटजति नै खर्च लाग्ने भएको भन्दै त्यसको फाइल अहिले थन्किएको पाइएको छ । लगानी बोर्डका एक अधिकारीले अहिले मेट्रो रेल योजनाको काम नथाल्दै धेरै चुनौती थपिएकाले योजना अन्योलमा परेको बताए । नेपाल समाचारपत्रमा समाचार छ ।