काठमाडौं । लोक तथा दोहोरी गीतका गायक राजन ठकुरीले पञ्चेबाजामा आधारित परम्परागत गीतबाट उत्कृष्ट लय तथा शब्द संकलकको पुरस्कार जितेका छन् ।
गायक ठकुरीले गत शनिबार काठमाडौंमा सम्पन्न विशेष कार्यक्रममार्फत ‘इमेज अवार्ड २०७२’को उत्कृष्ट शब्द संकलकको पुरस्कार पाएका हुन् । यो गीतले नेपाली कला संस्कृतिको संरक्षण गरेको भन्दै सम्मान स्वरुप आयोजकले उत्कृष्ट लय संकलनमा सो पुरस्कार गायक ठकुरीलाई प्रदान गरेको हो ।
गायक ठकुरीले पञ्चेबाजामा आधारित ‘के लैजानु छ र मरेर………..’ बोलको एल्वमबाट उत्कृष्ट लय तथा शब्द संकलकका रुपमा पुरस्कार पाएको आयोजकले जनाएको छ । यो गीत गायक ठकुरीले अर्थ कमाउनका लागि भन्दा पनि गाउँमा परम्परादेखि चल्दै आएको संस्कृतिलाई जोगाउन पञ्चेबाजामा आधारित संकलन गरेर बजारमा ल्याएको बताएका छन् ।
लोकदोहोरी गीतको क्षेत्रमा थुप्रै योगदान दिएका गायक ठकुरीले आधुनिकका साथै देशभक्तिका गीतहरु पनि लयाएका छन् । उनको गीतहरुको पछिल्लो समय माग पनि बढ्दै गएको छ ।
लोकदोहोरी विधामा गायनतर्फ गायक राजु परियारलाई उत्कृष्ट गायकको पुरस्कार प्रदान गरिएको छ ।















प्रतिक्रिया