काठमाडौं । बाबुराम भट्टराईको नयाँशक्ति नेपाल अभियानकी नेतृ करिश्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’लाई केही समय पछाडि सार्न सुझाव आएको छ । करिश्माले फागुन ७ गते आफ्नो फिल्म रिलिज गर्ने तयारी गरेकी छिन् ।
करिश्मालाई अहिले चलिरहेका फिल्म क्लासिक र प्रेमगीतले फागुलाई केही पर सार्न आग्रह गरेका हुन् । गत शुक्रबार रिलिज क्लासिक र प्रेमगीतले राम्रो व्यापार गरेपछि फागुलाई रिलिज गर्न समस्या परेको हो । अहिले चलिरहेका फिल्मका निर्माता र वितरकहरुले फागुलाई केही परसार्न आग्रह गरेको स्रोतको भनाइ छ ।
फागु फिल्म नयाँशक्ति नेपाल अभियानकी नेतृ करिश्माले निर्माण गरेको फिल्म हो । करिश्माले आफ्नो फिल्मलाई फागुन ७ गते नै रिलिज गर्ने आफ्ना साथीहरुसँग बताउने गरेकी छिन् । फिल्म राम्रो बनेको करिश्माको भनाइ छ ।















प्रतिक्रिया