७ कार्तिक २०८३, शनिबार

भारतका कारण नेपाली रुपैयाँ कमजोर, डलर बलियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dollar1काठमाडौं, ६ फागुन । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।

अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको समाचार कारोबार दैनिकले छापेको छ ।

बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाणिज्य बैंकहरुले विदेशी मुद्रा कारोबार गर्ने दर आफैँ तोक्न सक्ने व्यवस्था छ ।

नेपाली रुपैयाँ डलरसँग कमजोर भएको कारण नेपाली अर्थतन्त्र भने होइन । भारतीय रुपैयाँसँग नेपाली रुपैयाको स्थिर विनिमयदर रहेकाले भारु कै आधारमा डलरको भाउ तोक्ने गरिन्छ ।