७ कार्तिक २०८३, शनिबार

‘र’ फेरि छायामा, डरलाग्दो आँकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White Houseकाठमाडौं, ६ फागुन । असफल छिमेक मामिलामा भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग्स (र) निर्णायक मानिए पनि नेपालको सन्दर्भमा ‘र’ रक्षात्मक छ ।

संविधान जारीलगत्तै नेपालमा प्रभाव जमाएर बसेको ‘र’को भूमिका अब नेपाल–भारतबीच राजनीतिक तहमा हुने वार्ताले तय गर्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नाकाबन्दीपछि फेरि ‘र’को भूमिका छायामा छ । सुरक्षा सल्लाहकार अजित डोभाल ‘र’सँग सन्तुष्ट छैनन् । परराष्ट्रसम्बद्ध स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि जनता विद्रोहमा निस्किने र सरकार ढल्ने भविष्यवाणी भारतको गुप्तचर एजेन्सी ‘र’को विवरण थियो ।

दिल्लीस्थित नेपाली कूटनीतिज्ञलाई ‘र’का उच्च अधिकारीले भनेका थिए, ‘सरकार ढल्छ, जनताले विद्रोह गर्छन् भन्ने हाम्रो आँकलन थियो ।

तर, हामी सफल भएनौँ ।’ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि ‘र’का अधिकारीबाट यस्तो आँकलन पटक–पटक सुनेका थिए ।