काठमाडौं, ६ फागुन । संविधान जारी भएपछि ४ असोजदेखि भारतले नाकाबन्दी गर्यो । २४ असोजमा भारतको रुचिविपरीत एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने ।
उनले भारतसँग सम्बन्ध सुधारका लागि १५ देखि १७ मंसिरमा उपप्रधानमन्त्री कमल थापाको अनौपचारिक भारत भ्रमण गराए । जुन सार्वजनिक पनि भयो ।
तर, त्यही समयमा नेपाली सेनाको गोप्य टोलीको दुई साता लामो दिल्ली भ्रमण पनि गराए । जुन अति गोप्य राखियो । दुई सेनाबीचको छलफलपछि भारत नाकाबन्दी हटाउन तयार भयो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नाका खोल्ने आश्वासनपछि मात्रै प्रधानसेनापति राजेन्द्र क्षत्री भारत भ्रमणमा गएका थिए । भारतले क्रमश: नाकाबन्दीमा पुनरावलोकन गर्ने आश्वासन पठाएको थियो ।
नाकाबन्दी हट्ने संकेत पाएपछि मात्रै प्रधानसेनापति क्षत्रीले भारत भ्रमणमा जाने निश्चित गरेका थिए । उनी भ्रमणमा जाँदा नाकाबन्दी थियो, फर्किँदा हटिसकेको थियो ।















प्रतिक्रिया