१ कार्तिक २०८३, आइतबार

आर्थिक गणनाका लागि जापानले नेपाललाई सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-Nepalकाठमाडौँ, ५ फागुन । मुलुकको आर्थिक गणनाका लागि जापान सरकारले नेपाललाई प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

आर्थिक गणनाका लागि केन्द्रीय तथ्याङ्क विभागको क्षमता अभिवृद्धि गर्न जापानी सहयोग नियोग (जाइका)ले आगामी पाँच वर्षका लागि प्राविधिक सहयोग उपलब्ध गराउन लागेको हो ।

प्राविधिक सहायता उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा आज विभागमा आयोजित एक कार्यक्रममा यहाँस्थित जाइकाका प्रमुख प्रतिनिधि चुतोमु सिमीजु र विभागका महानिर्देशक सुमनराज अर्यालले हस्ताक्षर गर्नुभयो ।

विभागले सन् २०१८ मा आर्थिक गणना पूरा गर्ने लक्ष्यका साथ काम थालेको छ । सोही सन्दर्भमा तथ्याङ्को प्रशोधन, विश्लेषणलगायत कामका लागि जाइकाले प्राविधिक सहयोग गर्न लागेको हो । रासस