काठमाडौं, ५ फागुन । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर एवं विश्वका चर्चित फुटबलर नेयमारको पाँच करोड डलर सम्पत्ति जफत भएको छ ।
ब्राजिलको राष्ट्रिय फुटबल टिमका सदस्य समेत रहेका फुटबल स्टार नेयमारलाई कर छली गरेको भन्दै ब्राजिल सरकारले निजी जेटसहित पाँच करोड डलर सम्पत्तिसमेत जफत गरेको समाचार अन्तर्राष्ट्रिय समाचार संस्थाले सार्वजनिक गरेका छन् ।
अब उनलाई जेल सजाय समेत हुनसक्ने बताइएको छ । हाल उनी स्पेनमा ला लिगा फुटबल लेखिरहेका छन् । समाचार अनुसार २३ वर्षीय नेयमारको निजी जेट विमान र शीप जहाजसमेत जफत गरिएको छ ।
यसअघि ब्राजिलस्थित सायो पाउलोको अदालतले नेयमारको अपिल खारेज गर्दै उनको सम्पत्ति जफत गर्न निर्देशन दिएको थियो ।
गतवर्ष नेमार र उनको परिवारलाई प्रशासनले करिब १ दशमलव ६ करोड बराबरको कर छली गरेको आरोप लगाएको थियो । तर, नेयमारले भने यी सबै आरोपलाई अस्विकार गर्दै आएका छन् ।















प्रतिक्रिया